महँगोमा प्रणाली ल्याए पनि त्यसले काम नगरेको लगानीकर्ताहरुको भनाई छ । उनीहरुले समस्या सामाधान नभएसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने बताएका छन् ।
नेप्सेले भने समस्याको समाधान भइसकेको बताएका छन् । आन्दोलनरत लगानीकर्ताहरुलाई सम्बोधन गर्दै नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले हार्डवेयरको समस्याका कारण कारोबारमा असहजता आएको र अहिले सो समस्या नरहेको बताएका छन् ।
सेयरको दोस्रो बजारमा पनि प्रविधिको विकास गरी सेयर खरिदविक्रीका लागि ब्रोकर अफिस धाउनुपर्ने बाध्यता हटाउन २० दिन अघि अनलाइन ट्रेडिङ सिस्टमको पूर्ण सुरुवात गरिएको थियो । यद्यपि, उक्त प्रणालीमा समस्या आउँदा सेयर कारोबार नै प्रभावित बन्न पुगेको छ । यसै कुरालाई लिएर आक्रोशित बनेका लगानीकर्ताले आफूहरु कारोबारबाट नै बञ्चित हुनुपरेको गुनासो पोखेका छन् ।