राष्ट्रिय सहकारी बैंक लिमिटेडले भूकम्प पीडितलाई दिने वित्तीय सेवा आफूले पनि पाउनुपर्ने माग गरेको छ । बैंकमा ८ हजार २ सय सहकारी संघसंस्थाहरु आवद्ध भएको र तीनका ३० लाख शेयरधनी सदस्यलाई बैंकले ३७ वटा शाखाबाट सेवा दिदै आएको जनाउँदै भूकम्प प्रभावित क्षेत्रमा अरु बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा आफूले पनि दिन पाउनु पर्ने माग गरेको छ ।
बैंकले विज्ञप्ती जारी गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत भूकम्प पीडितलाई गरिने अनुदान रकम वितरणमा अन्य बैंक तथा वित्तीय संस्था सरहको गुणस्तर र सेवा शुल्कमा सहकारी बैंकले पनि सेवा दिने प्रतिवद्धता सहित उक्त सेवा सञ्चालन गर्ने सुविधा सरकारसंग माग गरेको हो ।