सक्षमसँगको सहकार्यमा नाग्म बजार पुग्यो इन्भेष्टमेन्ट बैँक
नेपाल इन्भेष्टमेन्ट बैँकले सक्षम कार्यक्रमसगँको सहकार्यमा एक कार्यक्रमबिच कालिकोटको नाग्म बजारमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । युकेएड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा बैँकले एक्सटेन्सन काउन्टर खोलेको हो ।
नाग्मबजार कालिकोट सदरमुकामबाट ५३ किलोमिटर टाढा रहेको छ भने जुम्ला सदरमुकामबाट ३२ किलोमिटर टाढा रहेको छ । नाग्ममा अझै बिजुलीको सुविधा पुगेको छैन, साथै मोबाइल फोनको नेटवर्क पनि भरपर्दो छैन । यहाँका बासिन्दालाई सामान्य वित्तीय सेवाको प्रयोग गर्न पनि जुम्ला अथवा कालिकोट सदरमुकाम पुग्न पर्ने बाध्यता थियो । इन्भेष्टमेन्ट बैकंको एक्सटेन्सन काउन्टर पुगेपछि नाग्म र वरिपरीका बासिन्दाले बैँकबाट प्रदान गर्ने विभिन्न सेवा आफ्नै क्षेत्रमा पाउन सक्नेछन् ।
बैँकले सक्षमको आर्थिक तथा प्राविधिक सहयोगमा यो एक्सटेन्सन काउन्टरको साथै अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा २८ शाखारहित बैकिङ इकाई खोल्ने भएको छ ।
सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्घिपक्षिय सहयोगमालुइस बर्जरद्घारा अन्य संस्थासगँको सहकार्यमा नेपालमा कार्यान्वयन भईरहेको छ ।