November 11th, 2018

बैंकिङ क्षेत्रमा रोजगारीको सुनौलो अवसर, वाणिज्य बैंकमै दुई सय बढी कर्मचारीको भ्याकेन्सी

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी खुलेको छ । वाणिज्य बैंकमै मात्रै साढे दुई सयको हाराहारीमा कर्मचारी मागिएको छ । नेपाल बैंक, एनआईसी एशिया बैंक र प्रभु बैंकले उक्त संख्यामा कर्मचारी मागेका हुन् । 

नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । साथै, सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ७ जनाको संख्यामा कर्मचारी माग गरेको छ । योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले यो सुचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिईसक्नुपर्ने छ । दरखास्त फाराम बैंकको प्रधान कार्यालय वा ईमेल ठेगाना बाट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंक लिमिटेडले ट्रेनि एसिस्टेन्ट पदका लागि २०० जना कर्मचारी माग गरेको छ । आवेदन दिन चाहाने उम्मेदवारले स्नातक तह पास हुनुपर्ने छ । कार्यअनुभव नभएकाले पनि दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदावरले नोवेम्बर १४ सम्म आवेदन दिईसक्नु पर्नेछ ।

त्यस्तै, प्रभु बैंक लिमिटेडले विभिन्न पदमा विभिन्न प्रदेशका लागि १०० जनाभन्दा बढी कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्रान्च म्यानेजरसहित १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो । बैंकले २९ ब्राञ्च म्यानेजर, रिलेशनसिप अफिसर र अपरेशन इन्चार्जका पदका लागि ५८ जना, एसिस्टेन्ट रिलेशनसिप अफिसर १० जना, जुनियर ट्रेजरी अफिसर पदका लागि १ जना र बीरगञ्ज शाखाका लागि जुनियर ट्रेड अफिसर १ जना मागेको छ । यसबाहेक, बैंकले केही टेलर र सिएसडीमा जुनियर एसिस्टेन्ट ट्रेनिमागेको छ ।

बैंकले ब्राञ्च म्यानेजरका लागि कम्तिमा ब्यवस्थापनमा स्नात्तर उत्तिर्ण भई बैंक तथा वित्तीय संस्थामा क्रेडिट एण्ड सेल्स अपरेशन विभागमा ५ वर्ष काम गरेको अनुभव भएका २५ देखि ३० वर्षसम्मका व्यक्तिले मात्रै आवेदन दिन सक्ने जनाएको छ । त्यस्तै, रिलेशनसिप अफिसरका लागि व्यवस्थापनमा स्नातक उत्तिर्ण र २ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । टेलरका लागि भने अनुभव मागिएको छैन । तर, कम्तिमा प्लस टु पास गरी २५ देखि ३० वर्षको उमेर भएकाले आवेदन दिनसक्ने बैंकले जनाएको छ । अफिर ट्रेजरीका लागि ब्याचलर पास र ५ वर्षको अनुभवको भएकाले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुकले १५ नोभेम्बर २०१८ साँझ ५ बजेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । अनलाइनमार्फत आवेदन फारम भर्न सकिने बैंकले जनाएको छ । त्यसका लागि आवेदनकले प्रभु बैंकको वेभसाइट http://prabhubank.com/career मा गएर फारम डाउनलोड गरी फारम भरेर बैंकको वेभसाइटमा रहेको एचआर डिपार्टमेन्टको इमेलमा इमेल गर्न सक्नेछन् ।