Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

उखु किसानको खातामा रकम निकासा

२०७३ जेष्ठ १२ गते

ukhuसर्लाहीको धनकौल पश्चिममा रहेको अन्नपूर्ण चिनी उद्योगमा उखु बुझाएका किसानहरुको खातामा रकम पठाइएको छ । उद्योगले उपलब्ध गराएको विवरण अनुसार किसानहरुको खातामा रकम निकासा गरिएको हो । उद्योगले गत वर्ष १७ लाख क्विन्टल उखु क्रसिङ गरेपनि ११ लाख क्विन्टलको मात्र विवरण बुझाएकाले सोही अनुसार किसानहरुको खातामा रकम पठाइएको कृषि विकास कार्यालय सर्लाहीले जनाएको छ । उखु प्रवद्र्धन बापत सरकारले क्विन्टलमा २५ रुपैयाँका दरले अनुदान वितरण गर्न सर्लाहीका किसानहरुका लागि  १३ करोड रुपैँया अनुदान रकम निकासा गरेको थियो ।