बैंकिङ खबर : खराव कर्जामा वर्गीकरण हुने आधारहरु भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जामा देहायको कुनै कैफियत देखिएमा त्यस्तो कर्जा तथा सापटलाई खराव कर्जामा वर्गीकरण गर्नु पर्नेछ र त्यस्तो कर्जा असुलीको प्रकृया अगाडि बढाउनु पर्नेछ ।
(क) ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा,
(ख) ऋणी हराएमा वा गायव भएमा,
(ग) कर्जा दुरुपयोग भएमा,
(घ) परियोजना/व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा,
(ङ) प्रतीतपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्स लोनको रुपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले नब्बे दिनसम्म असुली नभएमा,
(च) कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया शुरु भएको १८० दिन नाघेमा वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा,
(छ) कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेका ऋणीलाई कर्जा प्रदान गरेको अवस्थामा,
(ज) सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसक्ने भएमा,
(झ) खरिद वा डिस्काउन्ट गरेको बिल्सको भुक्तानी मितिले नब्बे दिनसम्म असुली नभएमा,
(ट) टि.आर.कर्जा भुक्तानी गर्ने प्रयोजनको लागि प्रतीतपत्र खोल्दाका बखत उल्लेख नगरिएको अन्य कुनै नयाँ कर्जा स्वीकृत गरी प्रवाह भएमा ।
(ठ) क्रेडिट कार्ड कर्जा भाखा नाघेको मितिले नब्बे दिनभित्र अपलेखन नभएमा ।
(ड) ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण पेश गरेको अवस्थामा ।