Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्लस टु उतीर्णलाई सुनौलो अवसर : नविल बैंकले माग्यो १०० कर्मचारी

२०७५ श्रावण २३ गते

बैंकिङ खबर । नविल बैंक लिमिटेडमा १०० जनाका लागि रोजगारी खुलेको छ । बैंकले विभिन्न १० जिल्लाका १० गाउँपालिकाका लागि एक सय जना प्रशिक्षार्थी कामदार (ट्रेनी) माग गरेको हो । 

अछाम जिल्लाको तुर्माखाँद र रामारोशन गाउँपालिका, बैतडीको पञ्चेश्वर, बझाङको वित्ताडचिर, डडेलधुराको अलिताल, डोटिको सयाल, जुम्लाको तिला, कालिकोटको पाचलझरना र पालता, सुर्खेतको बराह ताल, सल्यानको दर्मा, रुपन्देहीको साम्मरीमाइ गाउँपालिकाका लागि कर्मचारी माग गरिएको छ । स्थानीय स्तरका आवेदकलाई प्राथमिकता दिने बताइएको छ । 

प्लस टु पास गरेका र २५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले जागीरका लागि एप्लाई गर्न सक्नेछन् । आवेदन दिने म्याद भदौ ६ गतेसम्म रहेको छ । आवेदन मेरो जब डट कमबाट दिनुपर्नेछ ।