सोही शाखा उद्घाटन समारोहमा त्यहाँ स्थित एटिएम काउण्टरको बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको पनि उपस्थिती रहेको थियो ।
गल्कोटमा खोलिएको नयाँ शाखासंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९१ र एटिएम संख्या ९६ पुगेको छ । हाल बैंकको ६४ अर्ब निक्षेप, ५७ अर्ब भन्दा बढि कर्जा प्रवाह, १० वटा राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन भने ग्राहक संख्या ६ लाख भन्दा बढि रहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।