Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ज्योति विकास बैंकमा ८० जनाका लागि रोजगारी खुल्यो

२०७५ श्रावण ८ गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडमा ८० जनाका लागि जागीर खुलेको छ । बैंकले ४० जना शाखा प्रबन्धक र ४० जना रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्ज मागेको छ । बैंकले बारा, उदयपूर, सर्लाही, स्याङ्जा, सुनसरी, सिन्धुली, रुपन्देही, पाल्पा, नवलपरासी, काभ्रे, कास्की, कपिलवस्तु, कञ्चनपूर, ललितपूर, काठमाडौँ, भक्तपूर, सल्यान, तनहुँ, सप्तरी र कैलाली जिल्लाका विभिन्न शाखा कार्यालयहरुका लागि उक्त संख्यामा कर्मचारी मागेको  हो । 

शाखा प्रबन्धकका लागि विजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, अर्थशास्त्र अथवा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र पाँच वर्षको अनुभव भएको कर्मचारी मागिएको छ भने रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्जका लागि स्नातक उतीर्ण र दुई वर्षको अनुभव भएको कर्मचारी मागिएको छ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ अगष्टभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ  । आवेदन अनलाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://career.jbbl.com.np/