Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेगा बैंकमा ५० जनाका लागि जागीर खुल्यो

२०७५ असार ३२ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले ५० जना कर्मचारी मागेको छ । बैंकले अफिसर र एसिस्टेन्ट लेभलका विभिन्न पदमा कर्मचारी मागेको हो । अफिसर लेभलअन्तर्गत चाबा हिल र ओखलढुंगा शाखाका लागि १।१ जना शाखा प्रबन्धक तथा कालिकोट, जीतपूर र मैनापोखरीका लागि शाखा प्रबन्धक एवम् विराटनगरका लागि विजनेस अफिसर मागिएको छ । एसिस्टेन्टअन्तर्गत २१ जना ट्रेड डिपार्टका लागि र  बाँकी २३ जना त्रकर्जा प्रशासनका लागि मागिएको छ ।

आवेदन  अनलाइनबाट दिनुपर्नेछ । आवेदन दिने म्याद साउन ९ गतेसम्म रहेको छ ।

पूरा भ्याकेन्सी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.megabanknepal.com/jobs/detail/13/mega-career-opportunities-11th-july-2018