May 20th, 2016

सामाखुसीमा गरिमा विकास बैँकको २७ औँ शाखा (फोटोफिचरसहित)

DSCN9940पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले 'पहाडदेखि तराईसम्म, शहरदेखि गाउँसम्म' भन्ने नाराका साथ काठमाडौंको सामाखुसीमा २७औं शाखा बिस्तार गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका निर्देशक एवं बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख नारायण प्रसाद पौडेलले उक्त शाखाको उद्घाटन गरे । 

DSCN9935बैंकको शाखा उद्घाटन गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं बैक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख पौडेलले बैंक तथा वित्तीय संस्थाले संस्थागत सुशासन कायम राख्दै सामाजिक अवस्था सुधार सहितको वित्तीय सेवा प्रवाह गर्नुपर्ने बताए ।

यसअघि जेठ ३ गते बैँकले स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो २६औं शाखा बिस्तार गरेको थियो । राष्ट्रव्यापी रुपमा सञ्जाल बिस्तारको क्रममा निकट भविष्यमा नै नवलपरासीको बर्दघाटमा २८ औं शाखा बिस्तार गर्ने तयारी भैरहेको जानकारी गराएको छ । अहिले ५ वटा एटीएम काउण्टर सञ्चालनमा रहेको बैंकले आफ्नो मुख्य कार्यालय काठमाण्डौंको नक्सालमा स्थानान्तरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाईसकेको छ । DSCN9920 DSCN9922 DSCN9923