नेपाल ग्रामीण विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको भन्दा ३७.०६ प्रतिशत बढी नाफा कमाएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ११ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंकले गत आवको भन्दा २७.२७ प्रतिशतले बढाएर १ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जसबाट कर्जामा गत आवको भन्दा २४.०६ प्रतिशतले बढि अर्थात् ६ अर्ब १५ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५१.९७ प्रतिशतले बढेर ८८ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ६१.३१ प्रतिशतले बढेर २२ करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ६ करोड रुपैयाँ राखिएको छ भने ४ करोड रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकको निष्कृय कर्जा ५.९९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ३.०२ प्रतिशत रहेको छ ।