१८ निर्जिवन बीमा कम्पनीहरु : शाखा विस्तारमा कुन अगाडी ?

बैंकिङ खबर । निर्जिवन बीमा कम्पनीहरुले सम्पूर्ण सम्पत्ति र दायित्वको बीमा गर्दछन् । निर्जीवन बीमा मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर नीर्जिवन बीमा गरिन्छ । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषि बीमा पनि ल्याएको छ । यस अन्तरगत व्यबसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ । यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आबश्यक मानिन्छ ।

बीमा कम्पनीहरुले आफ्नो सेवा गाउँ गाउँसम्म विस्तार गर्न नसक्दा बीमा व्यवसाय सोचअनुरुप फस्टाउन सकेको भने छैन । हाल नेपालमा १८ वटा निर्जिवन बीमा कम्पनीहरु संचालनमा छन् । केही कम्पनीहरु थपिने क्रममा छन् । सबै कम्पनीहरुको केन्द्रीय कार्यालय राजधानी सहरमा नै रहेको छ । यी कम्पनीहरुले शाखा सञ्जाल पनि ठूलो बनाउन सकेका छैनन् । 

शाखा सञ्जाल ठूलो भएका निर्जिवन बीमा कम्पनीहरु
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड : निर्जिवन बीमा कम्पनीहरुमध्येमा सबैभन्दा ठूलो शाखा संजाल  भएको कम्पनी शिखर इन्स्योरेन्स कम्पनी हो । काठमाडौँको थापाथलीमा केन्द्रीय कार्यालय रहेको शिखर इन्स्योरेन्सका १२ वटा शाखा उपत्यकाभित्र छन् । यसबाहेक मोफसलमा ५६ वटा शाखा समेत गरी शिखर इन्स्योरेन्सले कुल ६८ वटा शाखामार्फत सेवा दिइरहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड : सिद्धार्थ इन्स्योरेन्सका कुल ५३ वटा शाखा रहेका छन् । जसमध्ये, आठ वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् भने बाँकी ४५ शाखा उपत्यका बाहिरका विभिन्न सहरहरुमा रहेका छन् । 

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड : सगरमाथा इन्स्योरेन्सका शाखाहरु उपत्यका भित्र सात वटा र उपत्यकाबाहिर ४० वटा गरी कुल ४७ वटा रहेका छन् । 

नेको इन्स्योरेन्स लिमिटेड : नेको इन्स्योरेन्सका उपत्यकाभित्र आठ शाखा र उपत्यका बाहिर ३४ वटा गरी कुल ४२ वटा शाखा संचालनमा रहेका छन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड : प्रिमियर इन्स्योरेन्सले जम्मा ४१ वटा शाखामार्फत सेवा दिइरहेको छ । जसमध्ये, सात वटा शाखा काठमाडौँ उपत्यकाभित्र छन् । बाँकी ३४ शाखा उपत्यकाबाहिरका विभिन्न सहरहरुमा अवस्थित छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड : नेपाल इन्स्योरेन्सले उपत्यकाभित्रका पाँच वटा शाखा र बाहिरका २८ वटा गरी कुल ३३ वटा शाखामार्फत सेवा दिइरहेको छ ।  

यसबाहेक, एनएलजी इन्स्योरेन्सका १२ वटै शाखा उपत्यकाबाहिर छन् । २२ वटा उपशाखामध्ये तीन वटा काठमाडौँ उपत्यकाभित्र छन् । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडका शाखा उपत्यका भित्र ५ र उपत्यका बाहिर २४ वटा शाखा छन् । त्यसै गरी एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका ४ शाखा उपत्यका भित्र छन् भने १७ वटा शाखा उपत्यका बाहिर रहेका छन् । त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडका उपत्यका भित्र केन्द्रीय कार्यालयसहित सात वटा र बाहिर ३२ वटा  गरी कुल ३९ वटा शाखा रहेका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थाका काठमाडौं उपत्यका भित्र ३ वटा शाखा कार्यालय, उपत्यका बाहिर १४ वटा शाखा कार्यालय रहेका छन् । राष्ट्रिय बीमा कम्पनीका कुल १२ वटा शाखा कार्यालय रहेका छन् । सबै शाखा उपत्यकाबाहिर रहेका छन् । केन्द्रीय कार्यालय भने काठमाडौँको रामशाहपथमा रहेको छ । आईएमई जनरल इन्स्योरेन्सको कुल ३२ शाखा संचालनमा छन् । जसमध्ये, आठ वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् ।  प्रुडेन्सियल इन्स्योरेन्सको कुल शाखा संख्या २० रहेको छ । यसमध्ये, सात वटा शाखा उपत्यकाभित्र रहेका छन् । लुम्बिनी जनरल इन्स्योरेन्सका १६ वटा शाखा र छ वटा उपशाखा छन् । यसमध्ये, चार वटा शाखा उपत्यकाभित्र छन् । वरियन्टल इन्स्योरेन्सले हेटौँडा, पोखरा र नेपालगञ्जमा कन्ट्रीअफिस, काठमाडौँ, विराटनगर र बुटवलमा क्षेत्रीय कार्यालय एवम् काठमडाौँ, बीरगञ्ज र भैरहवामा सिटी ब्रान्च अफिस संचालन गरिरहेको छ । नेशनल इन्स्योरेन्सले विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र पोखरा गरी चार सहरमा शाखा विस्तार गरेको छ भने हेटौँडा, जनकपूर र नारायणगढमा उपशाखामार्फत सेवा दिइरहेको छ ।