Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका माइक्रोक्रेडिटले पायो राष्ट्रिय स्तरको लाइसेन्स

२०७५ असार २१ गते

बैंकिङ खबर ।  नेपाल राष्ट्र बैंकले कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकलाई राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको छ । हाल १५ जिल्लामा शाखा सञ्जाल विस्तार गरी कारोबार गर्दै आएको कालिकालाई राष्ट्र बैंकले बिहीबार राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको हो ।

बैंकले हाल स्यांजा, पाल्पा, पर्वत, नवलपरासी, कास्की, रुपन्देही, तनहुँ, मकवानपुर, गोरखा, धादिङ, डोटी, सुर्खेत, सल्यान, रोल्पा र बाग्लुङमा सेवा दिदै आएको छ । राष्ट्रिय स्तरको बनेसँगै क्रमशः ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिने बैंकका सीईओ मिन बोहराले बताएका छन् ।

Ad