बैंकिङ खबर । ग्लेबल आईएमई बैंकमा जागीर खुलेको छ । बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदमा दरखास्त आह्वान गरेको छ । आवश्यक संख्या तोकिएको छैन । सबै पदका लागि दुई वर्षको कार्यअनुभव मागिएको छ । सिनियर अफिसर, अफिसरका लागि स्नातकोत्तर र जुनियर अफिसरका लागि स्नातकसम्मको शैक्षिक योग्यता मागिएको छ । आवेदन दिने म्याद ८ जुलाईसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।