साताको अन्तिम दिन शेयर बजार सामान्य बढेपनि कारोबार रक मभने अर्ब नाघेको छ । दिउँसो १५ सय नाघेको परिसूचक सामान्य २.९१ अंकको वृद्धिसँगै १४९९.३२ अंकमा पुगेर विहिबारको कारोबार बन्द भएको छ । दिनभरिमा १ सय ३४ वटा कम्पनिको १९ लाख ६३ हजार १ सय १७ कित्ता शेयर ५ हजार ३ सय ४५ पटक खरिदविक्रि हुँदा १ अर्ब ८ करोड ५६ लाख ९१ हजार ९४ रुपैँयाको कारोबार भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ९ करोड ८५ लाख ९३ हजार ४ सय १४ रुपैँयाको शेयर कारोबार भएको छ भने एनबी बैँक र सेन्चुरी कमर्सियल बैँकको ५ करोडमाथिको कारोबार भएको छ । एभरेष्ट बैँकको ४ करोडमाथिको कारोबार हुँदा नेपाल बैँक, लक्ष्मी बैँक, प्रभु इन्स्योरेन्स र नेको इन्स्योरेन्सको ३ करोडमाथिको शेयर कारोबार भएको छ भने नविल बैँक, सानिमा बैँक लगायतको २ करोडमाथिको कारोबार भएको छ ।
काबेली विकास बैँकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले सम्पत्ति बढाउँदा पेसिफिक डेभलपमेन्ट बैँकका लगानीकर्ताले ९.६८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैँक, सेन्चुरी कमर्सियल बैँक लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कमपनिहरुको अग्रस्थानमा रहअेका साझा विकास बैँक र सेती फाइनान्स ८ प्रतिशतभन्दा बढीले गुमाएका छन् । रिडि हाइड्रोपावर, सिनर्जी फाइनान्स, कन्काई विकास बैँक, लक्ष्मी भ्यालू फण्ड १, राप्तीभेरी विकास बैँक लगायतले पनि गुमाएका छन् ।
उत्पादनमूलक र अन्य बाहेक विहिबार कारोबार भएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूह ३३.९२ अंकले बढेको छ भने जलविद्युत्, विकास बैँक, फाइनान्स, होटल र वाणिज्य बैँक समूह क्रमशः ८.८, ६.८२, ५.९३, ३.४३ र १.३४ अंकले बढेका छन् । उत्पादनमूलक समूह ३४.६६ अंकले घटेको छ भने अन्य समूह स्थिर रहेको छ ।
अघिल्लो दिनको शेयर बजार
बुधबार १ सय ३६ वटा कम्पनिको १४ लाख २३ हजार ४ सय ५६ कित्ता शेयर ४ हजार ४ सय ५२ पटक खरिदविक्रि हुँदा १ अर्ब २ करोड ७० लाख १८ हजार १ सय ९६ रुपैँयाको कारोबार भएको थियो भने परिसूचक १२.७३ अंकले बढेर १४९६.४१ अंकमा पगेको थियो । नेशनल लाइफ इन्स्योरेन्सको मात्रै १५ करोड ४२ लाख ९० हजार ५ सय ६३ रुपैँयाको शेयर कारोबार भएको थियो । एनबी बैँकको ६ करोडमाथिको कारोबार हुँदा एनएमबी बैँक र सानिमा बैँकको ४ करोडमाथिको कारोबार भएको थियो भने ग्लोबल आईएमई बैँकको ३ करोडमाथिको कारोबार हुँदा लक्ष्मी बैँक, नेपाल बैँक, प्रभु इन्स्योरेन्स, सिटिजन्स बैँक, प्राइम कमर्सियल बैँक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको थियो । त्यस्तै, काबेली विकास बैँक, तारागाउँ रिजेन्सी होटल, प्यासिफिक डेभलपमेन्ट बैँक र ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले क्रमशः ९.९१, ९.७८, ९.७३ र ९.१७ प्रतिशतका दरले सम्पत्ति बढाएका थिए भने साझा विकास बैँक, राप्तीभेरी विकास बैँक लगायतले गुमाएका थिए । बुधबारको बजारलाई बिमा समूहले उचालेको छ । यो समूहको शेयर १०९.५२ अंकले बढेको थियो ।
बजार बढ्नुका कारणहरु
नेपाल राष्ट्र बैँकको पुँजी वृद्धिको नीतिअनुसार तोकिएकै मितीभित्र आफ्नो पुँजी तोकिएको न्युनतम सीमासम्म पुर्याउन हकप्रद, बोनस र साधारण शेयर निष्काशन गर्ने होडबाजी पनि बढिरहँदा यस्ता कम्पनिहरुमा लगानीकर्ताको बाक्लो आकर्षण देखिएको छ । सामान्यतयाः कम्पनिहरु फाइदामा गएरको खबरले लगानीकर्ताहरु उत्साहित हुने र घाटामा गएर खबरले निरुत्साहित हुने गरेका छन् । हाल विभिन्न कम्पनिहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरिरहँदा धेरै नाफा कमाएका कम्पनिहरुमा लगानीकर्ताले आकर्षण बढेको र कम नाफा गरेको कम्पनिमा लगानीकर्ताको कम आकर्षण रहेको देखिएको छ । अर्कातर्फ अधिक तरलता, न्यून ब्याजदर, डिम्याट कारोबार, छिटोछरितो राफसाफ हुने व्यवस्था लगायतले पनि बजारलाइ उकास्न सघाउ पुर्याएको हो । दिनदिनै कारोबार बढ्नुले बजारको बढ्दो क्रमले निरन्तरता पाउने सम्भावना देखिन्छ ।