
बैंकिङ खबर/ आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ दशमलव ६४ अंकले घटेर २,५९५ बिन्दुमा कायम भएको छ ।
आज दिनभरमा ३२२ कम्पनीका १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको बजारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ । यस कम्पनीको कारोबार २७ करोड रुपैयाँ नाघेको छ । त्यसपछि राधि विद्युत कम्पनीको २२ करोड ४६ लाख रुपैयाँ र यूनियन हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा मैलुङ्ग इनर्जी लिमिटेड अगाडि छ । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले नाफा कमाएका छन् ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले ९.२० प्रतिशत र विन्ध्यावासिनी हाइड्रोपावरका लगानीकर्ताले ६.३८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सम्पदा लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत नाफा कमाएका छन् ।
उता, आजको बजारमा सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । उनीहरूले १० प्रतिशतका दरले घाटा व्यहोरेका छन् ।