बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले विभिन्न नौ पदमा कर्मचारी माग गरेको छ । बैंकले इन्फर्मेसन सेक्युरिटी मेनेजर, ब्रान्च मेनेजर, क्रेडिट रिस्क अफिसर, अपरेसनल रिस्क अफिसर, मार्केट रिस्क अफिसर, रिलेसनसिप मेनेजर(क्रेडिट), रिलेसनसिप मेनेजर(डिपोजिट), अपरेसन अफिसर र रेमिट्यान्स अफिसरका लागि अनुभवी कर्मचारी मागेको हो ।
इन्फर्मेसन सेक्युरिटी मेनेजर, ब्रान्च मेनेजरको हकमा ४५ वर्ष तथा अन्य पदको हकमा ४० वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद ४ जुलाई अर्थात् असार २० गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।