Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी लघुवित्तको ३७ औँ शाखा बाबियाचौरमा

२०७३ जेष्ठ ६ गते

laxmiलक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सुर्खेत जिल्लाको बाबियाचौरमा विहिबारदेखि ३७ औँ शाखा विस्तार गरेको छ । वित्तीय पहुँच नपुगेका दुर्गम स्थानहरुमा लघुवित्त कार्यक्रम विस्तार गर्ने क्रममा सीईओ प्रकाशराज शर्माले सो शाखाको विधिवत रुपमा शुभारम्भ गरेका हुन् । 

यसअघि संस्थाले बुधबार बाँकेको सीतापूरमा आफ्नो ३६ औँ शाखा विस्तार गरेको थियो । लक्ष्मी लघुवित्त लक्ष्मी बैँकको सहायक कम्पनि हो । संस्थाले आफ्ना ३९ हजार ५ सय ग्राहक सदस्यलाई समूहमा आवद्ध गरी कर्जा, बचत, लघुजीवन बिमा तथा विप्रेषणसम्बन्धि सेवा प्रदान गर्दै आएको छ ।