Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

२०७५ जेष्ठ २० गते

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले व्यवस्थापकीय तहको कर्मचारी मागेको छ । बैंकले इन्टर्नल अडिट हेड पदका लागि दरखास्त आह्वान गरेको हो । 

बैंकले मान्यताप्राप्त संस्थाबाट सीए गरी कम्तीमा पाँच वर्ष क वर्गको बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्टमा रहेर काम गरेको र हाल कम्तीमा एसिस्टेन्ट मेनेजर लेभलमा रहेको काम गरिरहेको उम्मेदवारबाट आवेदन मागेको छ । मान्यताप्राप्त संस्थाबाट सीए गरी कम्तीमा पाँच वर्ष अडिट फर्ममा काम गरेको र अहिले टिम मेनेजरको रुपमा काम गरिरहेको व्यक्तिले पनि आवेदन दिन पाउनेछ ।

आवेदन दिने म्याद ८ जुनसम्म रहेको छ । आवेदन अनलइनबाटै दिनुपर्नेछ ।