May 18th, 2016

सक्षमसँगको सहकार्यमा कालिकोट पुग्यो नेपाल इन्भेष्टमेन्ट बैँक

Partnership Certificate Signing between NIBL and Sakchyamसक्षम एक्सेस टु फाईनान्स कार्यक्रम र नेपाल इन्भेष्टमेन्ट बैँकले एक कार्यक्रमबिच सुदुर र मध्य पश्चिममा वित्तिय सेवा विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । सक्षमको आर्थिक तथा प्राविधिक सहयोगमा बैँकले कालिकोटको नाङ्मामा एक्सटेन्सन काउन्टर खोल्ने र अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा २८ शाखारहित बैकिङ इकाई खोल्नेछ । एक्सटेन्सन काउन्टरको उद्घाटनसँगै नेपाल इन्भेष्टमेन्ट बैँक कालिकोटमा वित्तीय सेवा पु¥याउने पहिलो निजी बाणिज्य बैँक बन्नेछ ।

बैँकको उपस्थितिपछि  नाग्मा बजार, कालिकोटमा बचत, ऋण, विप्रेषणको साथै अन्य वित्तीय सेवाहरु उपलब्ध हुनेछन् । साथै, शाखारहित बैँकिङ इकाइ मार्फत पाँच जिल्लाका शहरोन्मुख र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुग्नेछ । शाखारहित बैकिङसेवाको विस्तार सक्षम कार्यक्रमको शाखारहित बैकिङ मार्फत वित्तिय पहुँच विस्तार गर्ने पहल अन्तर्गत हुन लागेको हो । सक्षमको आर्थिक सहयोगमा विभिन्न बाणिज्य बैकंहरुले भुकम्प प्रभावित १४ जिल्ला र मध्य र सुदुर पश्चिममा ४ सय १४ शाखारहित बैकिङ इकाइहरुको स्थापना गर्न लागेका छन् । 

Commemoration Plaque presented to NIBL CEO from Sakchyamकार्यक्रममा बोल्दै सक्षमका टिम लिडर बलजित बोहराले एक्सटेन्सन काउन्टर र शाखारहित बैकिङ इकाइको स्थापनाले वित्तीय सेवामा स्थानियको पहुँच बढ्ने विश्वास व्यक्त गरे । बैँकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले मध्य तथा सुदुर पश्चिममा वित्तिय सेवा विस्तार गर्न आफुहरु उत्साहित भएको बताए । पाण्डेले बैँकले अन्य भागमा पाएको सफलता जस्तै योे विस्तार पनि सफल हुने विश्वास व्यक्त गरे ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्घिपक्षिय सहयोगमा लुइस बर्जरद्घारा अन्य संस्थासगँको सहकार्यमा नेपालमा कार्यान्वयन भईरहेको छ ।