Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

बैंकिङ खबरले माग्यो कार्यकारी सम्पादक

२०७५ जेष्ठ १८ गते

बैंकिङ खबर । नेपालको नम्बर वान् अनलाइन बैंकिङ न्युज पोर्टल बैंकिङ खबर डट कमले कार्यकारी सम्पादक पदका लागि दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर गरी बैंकिङ अथवा पत्रकारिता क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै, पत्रकारिता विषयमा स्नातकोत्तर गरी कम्तीमा पाँच वर्ष आर्थिक पत्रकारिता गरेको अनुभव भएका नेपाली नागरिकले पनि आवेदन दिन सक्नेछन् । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई २५ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । यसका लागि उम्मेदवारले आफ्नो बायोडाटा bankingkhabar72@gmail.com मा पठाउनुपर्नेछ । अन्तर्वार्ताको आधारमा कर्मचारी छनौट गरिने बैंकिङ खबरले जनाएको छ । थप जानकारीका लागि ९८४३७५१८४५ तथा ९८४३२८५३९६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।