May 17th, 2016

कालिका माइक्रोक्रेडिटको मुनाफा १ करोड ६८ लाखमा झर्यो

kalikaकालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६८ लाख रुपैँया मुनाफा आर्जन गरेको छ । कम्पनिले गत वर्षको तुलनामा ९.२६ प्रतिशत कम मुनाफा कमाएको हो । गत आवको सो अवधिमा कम्पनिले २ करोड ३४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकले गत वर्षकोभन्दा ६२.०६ प्रतिशत बढी अर्थात् १८ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जामा गत वर्षको भन्दा २४.०९ प्रतिशत अर्थात् ४१ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २५ प्रतिशतले बढेर ४ करोड ७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ०.४५ प्रतिशतले घटेर २ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३८ लाख रुपैयाँ राखेको छ भने ६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

निष्कृय कर्जा १.६१ प्रतिशत रहेको बैंकको जोखिमयुक्त सम्पत्ति १८.१८ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानी ६७.५२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २४.७९ गुणा, प्रतिशेयर नेटवर्थ २२२.९६ रुपैयाँ र तरलता अनुपात २१.२४ प्रतिशत रहेको छ ।