Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
लघुवित्त

लक्ष्मी लघुवित्तको ५९औं शाखा रुकुमको रुकुमकोटमा

२०७५ जेष्ठ ८ गते

लक्ष्मी बैंक लि.को सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम जिल्लाको रुकुमकोटमा जेष्ठ ८ देखि ५९औ शाखाको विधिवत रुपमा शुभारम्भ गरेको छ । वित्तीय संस्थाका संचालक समितीका अध्यक्ष अजय विक्रम शाहज्यूले प्रथम कर्जा वितरण गरी कारोवार शुभारम्भ गरे । 

लक्ष्मी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । यस संस्थाको अधिकृत पूजी रु.४० करोड तथा चुक्ता पूंजी रु.२४ करोड २० लाख रहेको छ । संस्थाले विपन्न वर्गको जीवस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएको छ । 

संस्थाको केन्द्रीय कार्यलय काठमाण्डौंमा रहेको छ । हाल संस्थामा ६७ हजार भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन ती सदस्यहरुबाट रु ८८ करोड बचत संकलन तथा रु २ अर्ब ६६ करोड लगानीमा रहीरहेको कर्जा रहेको छ । यस संस्थाले ४४ वटा जिल्लाहरुमा आफ्नो शाखा बिस्तार गरेको छ ।