पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो २६औं शाखा खोलेको छ । उक्त शाखाको सोमबार नेपाल राष्ट्र बैंकका निर्देशक चिरन्जीबी चापागाईले उद्घाटन गरे । बैंकले चापाकोट शाखा कार्यालय मार्फत यस क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा प्रवाह गर्नुका साथै यस क्षेत्रको वित्तीय पहुँच अभिवृद्धिका लागि विशेष कार्यक्रमहरु ल्याउने बताएको छ ।
यसबाहेक नेपाल राष्ट्र बैंकबाट स्वीकृत काठमाण्डौको गोंगबु शाखा र नवलपरासीको बर्दघाट शाखा शिघ्र संचालनमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास र्बैंक हो ।




