बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सिन्डिकेटर यातायात व्यवसायीको खाता रोक्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै सबै यातायात समितिको बैंक खाता रोक्का गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरूको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । जसअनुसार, मुलुकभरका थुप्रै समितिको बैंक खाता रोक्का भइसकेको छ । सरकारको निर्णयअनुसार खाता रोक्का गरिएकाले अब सरकारको निर्णअनुसार नै खाता फुकुवा गरिने राष्ट्र बैंकको भनाई छ । त्यस्तै, सरकारले यातायात व्यवसायीको सम्पत्ती विवरण समेत छानविन गर्ने जनाएको छ ।

