Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

रुरल माइक्रोफाइनान्सले कमायो १८ करोड मुनाफा

२०७५ बैशाख १४ गते

बैंकिङ खबर । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव १४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा रुरलले १४ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

७२ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी भएको रुरल माइक्रोफाइनान्सले जगेडकोषमा एक अर्ब ३५ करोड ६९ लाख रुपैया राखेको छ । कर्जामा १२ दशमलव २२ प्रतिशतले वृद्धि गरी छ अर्ब ४० करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी २३ दशमलव ४० प्रतिशतले बढेर २९ करोड २ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २५ दशमलव ७७ प्रतिशतले वृद्धि गरी २८ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

रुरल माइक्रोफाइनान्सको जोखिमयुक्त सम्पत्ति २५ दशमलव २९ प्रतिशत, निष्कृय कर्जा शुन्य, प्रतिसेयर आम्दानी वार्षिक ३३ दशमलव १५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव २२ गुणा र प्रतिसेयर नेटवर्थ दुई सय ८६ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात १३ दशमलव ८७ प्रतिशत रहेको छ ।