आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ५ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संस्थाले आइतबारदेखि काठमाडौं जिल्लाको शंकरापुर, काभ्रे जिल्लाको बालुवापाटी देउपुर, सिन्धुली जिल्लाको भद्रकाली, नुवाकोट जिल्लाको थानसिंग र गुल्मी जिल्लाको सिमिचौरमा शाखा खोलेको हो ।
नयाँ शाखा कार्यालयको स्थापनासंगै यस वित्तीय संस्थाको शाखा संख्या १० पुगेको छ । र यसै आर्थिक बर्ष भित्रमा दाङ्ग जिल्लाको लक्ष्मीपुर तथा नुवाकोट जिल्लाको खड्गभञ्जाङ्ग मा थप २ वटा नयाँ स्थापना गरी यस आर्थिक बर्षको अन्त सम्ममा जम्मा शाखा संख्या १२ पुर्याउने संस्थाको लक्ष्य रहेको छ ।
इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनिको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले आ.ब. २०७२/२०७३ को चैत्र मसान्त सम्ममा ५ वटा शाखा कार्यालयमार्फत ६ जिल्लाका ४७ गा.वि.स./न.पा. हरुमा आफ्नो कार्यक्रम विस्तार गर्दै आएको छ भने त्यहाँका ५ हजार ५२ घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस आ.ब.को चैत्र मसान्तसम्ममा यस वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई ५३ करोड ८६ लाख २५ हजार रुपैँया ऋण लगानी गरेको छ । सोहि अवधिमा संस्थाले ग्राहक सदस्यहरुबाट ४ करोड ५५ लाख ६३ हजार रुपैँया बचत संकलन गरेको छ ।