स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रमा हाल देखा परेका जोखिमहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले 'लघुवित्तमा जोखिम व्यवस्थापन' विषयक ३ दिने तालिम सम्पन्न गरेको छ । फागुन २७देखि २९ गतेसम्म संचालन भएको तालिममा लघुवित्त क्षेत्रमा देखिएका जोखिम, जोखिमको पहिचान, जाखिम व्यवस्थापन प्रणाली अवधारणा एवं महत्व, न्यूनीकरणका उपायहरु, जोखिम न्यूनीकरणको लागि रणनीति निर्माण, विद्यमान कानूनी व्यवस्था जस्ता विषयमा जानकारी गराइएको थियो ।
तालिम समापन कार्यक्रममा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले सहभागीहरुसंगको अनुभव साटासाट गरे । लघुवित्त क्षेत्रमा देखिएका विकृतिहरुले जोखिम बृद्धि भएकोले अब सो को न्यूनिकरणका लागि सबै लघुवित्तकर्मीहरु संवेदनशील भएका अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।
तालिम संयोजक सतिश कुमार श्रेष्ठले तालिमको महत्वमाथि प्रकाश पार्दै लघुवित्त क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी न्यूनिकरण गर्न अत्याबश्यक भएको बताए । तालिममा लघुवित्त क्षेत्रका विज्ञहरुलाई श्रोत व्यक्तिको रुपमा लिइएको थियो ।
केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले सबै सहभागी तथा संस्थाहरुलाई धन्यबाट दिए । तालिममा जम्मा १६ वटा लघुवित्त संस्थाहरुबाट २४ जनाको सहभागीता रहेको थियो ।


