Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आरम्भ माइक्रोफाइनान्सको सीईओमा विनोद आचार्य

२०७३ बैशाख २९ गते

Binod Acharyaआरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सीईओमा विनोद आचार्य नियुक्त भएका छन् । १० जिल्ला कार्यक्षेत्र भएको संस्थाको सीईओमा आचार्य बुधबार नियुक्त भएका हुन् । विगत २० वर्षभन्दा बढी समय लघुवित्त क्षेत्रमा कार्यरत आचार्यले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । यसअघि उनी राष्ट्रिय स्तरको नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रबन्धकको रुपमा कार्यरत थिए ।

सिन्धुपाल्चोकको मेलम्चीमा मुख्य कार्यालय रहेको संस्थाको हालको अधिकृत पुँजी ५ करोड, जारी पुँजी २ करोड र चुक्ता पुँजी १ करोड २ लाख रहेको छ । संस्थाले हालसम्म ६ वटा शाखाहरुमार्फत करिब ३ करोड लगानी गरेको छ भने निकट भविष्यमै थप ७ वटा शाखाहरु विस्तार गर्ने क्रममा रहेको छ ।