बैंकसम्बन्धि सम्बन्धि समाचार प्रकाशित गर्ने अनलाइन समाचार पोर्टल बैंकिङ खबर डट कमले १२ जना कर्मचारी माग गरेको छ । बैंकिङ खबरले रिपोर्टर छ जना, फोटो/भिडियोग्राफर चार जना र मार्केटिङ अफिसर दुई जना मागेको छ । आर्थिक, बैंकिङ र सेयर बजारसम्बन्धी ज्ञान भएका र अभिरुचि राख्ने व्यक्तिलाई bankingkhabar72@gmail.com मा आफ्नो वायोडाटा पठाउन आह्वान गरिएको छ । आवेदन दिने म्याद फागुन २० गतेसम्म रहेको छ । प्राप्त वायोडाटामध्ये छनौट भएका आवेदकलाई सम्पर्क गरिनेछ ।