May 10th, 2016

विजनेस युनिभर्सल डेभलपमेन्ट बैँकको नाफा १३ करोड १९ लाख

business universalबिजनेस युनिभर्सल डेभलपमेन्ट बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको तुलनामा ८४.५० प्रतिशत बढी नाफा गरेको हो । गत वर्षको सोहि अवधिमा बैँकले ७ करोड १३ लाख रुपैयाँ मुनाफा कमाएको थियो । 

बैंकले निक्षेपमा १०.७२ प्रतिशत वृद्धि गरी ६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट,  कर्जामा ६ अर्ब ९ करोड ७४ लाख रुपैयाँ लगानी छ । खुद व्याज आम्दानी २८.०७ प्रतिशतले बढाएर २१ करोड ९० लाख रुपैयाँ पुर्याएको बैँकको संचालन मुनाफा ३५.६५ प्रतिशतले बढेर १५ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ४३ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । बैँकले ५ करोड रुपैयाँ खराब कर्जा उठाएको छ । 

निस्कृय कर्जा १.४२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १७.८० प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी वार्षिक १६.६९ रुपैयाँ र मूल्य आम्दानीको अनुपात १६.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५.९० रुपैयाँ र तरलता अनुपात २३.८४ प्रतिशत रहेको छ ।