चालू आर्थिक वर्षको ९ महिनामा सनराइज बैंकले ५८ करोड ८१ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको भन्दा साढे ७४ प्रतिशत बढी नाफा कमाएको हो । बैँकले डुबेको कर्जामध्ये केही उठाई ब्याज आम्दानीमा सुधार गरेर नाफा बढाएको हो ।
गत वर्ष २४ अर्ब ४८ करोडको कर्जा लगानी गरेको बैंकले चालू आर्थिक वर्षमा ३३ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ । त्यस्तै, बैंकले खुद ब्याज आम्दानी ८३ करोडबाट बढाएर १ अर्ब २ करोड रुपैँया पुर्याएको छ । बैंकले यसपाली राइटब्याकबाट २८ करोड २० लाख रुपैयाँ आम्दानी देखाएको छ ।