May 10th, 2016

रिलायन्स लोटसको नाफा २ करोडभन्दा माथि : ३०५ प्रतिशतको वृद्धि

reliance lotusचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स लोटस फाइनान्सले २ करोड २७ लाख ७२ हजार रुपैँया खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत वर्षको सोही अवधिको भन्दा ३०५.७७ प्रतिशत बढी मुनाफा कमाएको हो । 

३७ करोड १४ लाख २९ हजार रुपैया चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा लगत आर्थिक बर्षको तेस्रो त्रैमाश भन्दा ७९.४४ प्रतिशतले बढाए १४ करोड १५ लाख ६६ हजार रुपैयाँ राखेको छ । त्यस्तै, कर्जा प्रवाहलाई २ अर्ब २० करोड ३ लाख ३६ हजार रुपैया पुर्याएको छ । खुद ब्याज आम्दानी मा १०.९७५ प्रतिशतले बढेर ६ करोड २० लाख १२ हजार रुपैँया पुगेको छ । गत वर्षको तेस्रो त्रैमासमा घाटामा रहेको संचालन मुनाफा चालु आर्थिक बर्षको सोही अवधिमा ३१ लाख ७६ हजार रुपैँया आर्जन भएको छ । 

फाइनान्सको प्रति शेयर आम्दानी ६ रुपैयाँ १३ पैसा, मुल्य आम्दानी अनुपात ४१.५९ गुणा, प्रति शेयर नेटवोर्थ १३७ रुपैँया ५२ पैसा र तरलता अनुपात ३८.९६ प्रतिशत रहेको छ । त्यस्तै, निस्क्रिय कर्जा ६.०८ प्रतिशत, र जोखिमयुक्त सम्पति २०.३४ प्रतिशत रहेको छ ।