चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंकले ३२ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैँकले अघिल्लो वर्षको तुलनामा २०.५९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २६ करोड ७० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकले निक्षेपमा ३० प्रतिशतले वृद्धि गरी २६ अर्ब ६ करोड ५३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । कर्जामा गतवर्षको भन्दा १६.६६ प्रतिशत अर्थात २१ अर्ब ९० करोड ५९ लाख रुपैयाँ लगानी गरेको बैंकको खुद व्याज आम्दानी १२.७३ प्रतिशतले बढेर ७२ करोड ६८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ७.४९ प्रतिशतले बढेर ४५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ५ करोड ७३ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ४ करोड ६० लाख रुपैयाँ उठाएको छ ।
निष्कृय कर्जा १.२५ प्रतिशत रहेको बैँकमा १२.७४ प्रतिशत जोखिमयुक्त सम्पत्ति रहेको छ । प्रतिशेयर आम्दानी ११.२५ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २६.०८ गुणा भएको बैँकको प्रतिशेयर नेटवर्थ ११८.३६ रुपैयाँ रहेको छ भने तरलता अनुपात २५.९२ प्रतिशत रहेको छ ।