Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी फाइनान्सको नाफा ५ करोड ७१ लाख

admin २०७३ बैशाख २७ गते
सेयर:

mahalaxmiचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी फाइनान्सले ५ करोड ७१ लाख रुपैयाँ मुनाफा कमाएको छ । फाइनान्सले गत वर्षको तुलनामा १.७८ प्रतिशतले बढी नाफा गरेको हो । गत वर्षको सोहि अवधिमा फाइनान्सले मुनाफा ५ करोड ६१ लाख रुपैयाँ कमाएको थियो । 

फाइनान्सको निक्षेप २४.३९ प्रतिशतले बढेर ५ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ भने कर्जामा फाइनान्सले ४ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी २०.३७ प्रतिशतले बढेर १३ करोड रुपैयाँ पुगेको फाइनान्सको संचालन मुनाफा ६ करोड रुपैयाँ रहेको छ ।

फाइनान्सको निष्कृय कर्जा ०.७९ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४.०६ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।