चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा डिप्रोक्स लघुबित्त बिकास बैंकले १५ करोड खुद मुनाफा आर्जन गरेको छ । गत बर्षको खुद नाफाबाट ५० प्रतिशत बोनस शेयर दिएर लगानीकर्तालाई उत्साहित पारेको बैँकले गत वर्षको तुलनामा ५ करोड बढी मुनाफा आर्जन गरी थप उत्साह सिर्जना गरेको हो । गत वर्षको सोही अवधिसम्म बैँकले १० करोड ५१ लाख खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकले यसै बर्ष शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरिसकेको छ । प्रति शेयर आम्दानी २९ रुपैयाँ पुर्याएको बैंकका मुल्य आम्दानी अनुपात ४३.९८ रहेको छ । निस्क्रिय कर्जा अनुपात ०.७३ रहेको छ ।




