बैंकिङ खबर । सामुदायिक लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँको दरमा तीन करोड रुपैयाँ बराबरको आईपिओ माघ ९ गतेदेखि निष्काशन गर्न लागेको हो ।
छिटोमा १२ गतेसम्म र ढिलोमा फागुन ८ गतेसम्म निष्काशन हुने सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन पाइने संस्थाले जानकारी दिएको छ ।
निष्काशन गर्न लागिएको कुल सेयरमध्ये, चार प्रतिशत कर्मचारीहरुलाई र पाँच प्रतिशत संस्थापक सेयरधनीहरुको लागि बाँडफाँड गरेको छ भने बाँकी दुई लाख ३७ हजार कित्ता सर्वसधारणको लागि छुट्याएको छ ।
संस्थाको आइपिओ आवेदनको लागि आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
संस्थाको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १० करोड रुपैयाँ रहेको छ। आइपिओ निष्काशन गरेसँगै संस्थापक सेयरधनीको ७० प्रतिशत अर्थात सात करोड रुपैयाँ र सर्वसाधारणको तर्फ ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ ।