नेपाल राष्ट्र बैंकबाट २०७४ असार २३ गते ५२ औं लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती पाएको स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा वित्तीय संस्थाको केन्द्रीय कार्यालय, पोखरालेखनाथ २६, विजयपुरमा पौष २१ मा सम्पत्र भएको छ । साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व.२०७४/०७५ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७३/०७४ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको छ ।
विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएका छ । साधारण सभाले हाल कायम रहेको जारी पुँजी रु.८ करोडको ३० प्रतिशतले हुन आउने रु.२ करोड ४० लाख बरबरको २,४०,००० कित्ता साधारण सेयर सर्वसधारणलाई जारी गर्न उपस्थित सतसठ्ठी प्रतिशतभन्दा बढी सेयरधनीहरुको अनुरोध तथा सर्मथनमा सर्वसाधारणलाई सेयर जारी गर्ने विशेष प्रस्ताव थप गरी सोलाई समेत सर्वसम्मतिले पारित गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए ।
जनता बैंक नेपाल लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको वित्तीय संस्थाले हाल १५ वटा शाखा मार्फत करिब ३,४०० सदस्यहरुलाई ११ करोड कर्जा लगानी गरेको र करीब १ करोड ६० लाख बचत संकलन गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले जानकारी गराए । रु.१० करोड अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी रु.५ करोड ६० लाख रहेको छ भने सर्वसाधारणलाई सेयर जारी गरे पश्चात रु.८ करोड पुग्नेछ ।