नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र मिडिया इन्टरनेशनलको आयोजनामा प्रदेश नं. १को इटहरी मा पुस १४ गतेदेखि १६ गतेसम्म भएको बैंक÷बीमा एक्स्पो कार्यक्रममा नेपाल ग्रामीण विकास बैंक लिमिटेडले सहभागीता जनाएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट समुद्घाटन भएको उक्त एक्स्पोमा बीमा समिति, युवा स्वरोजगार कोष, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी गरी ३५ वटा सूचना मुलक स्टलहरु राखिएका थिए । नेपाल ग्रामीण विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरबाट उक्त एक्स्पोमा स्टल स्थापना गरी बैंक सम्बन्धी जानकारी मूलक सूचनाहरू प्रबद्र्धन गरी बैंक व्यवसायको प्रचार प्रसार गरिएको थियो । उक्त एक्स्पोमा राखिएको यस बैंकको स्टलमा करिव आठ सय भन्दा बढी व्यक्तिहरूले अवलोकन गरी बैंकका कर्जा, बचत तथा राहत कार्यक्रमका वारेमा जानकारी लिएका थिए ।
एक्स्पोमा नेपाल ग्रामीण विकास बैंक, इलाका कार्यालय इटहरी, सुनसरी अन्र्तगतको केन्द्रकी समूह सदस्य श्रीमती रामकुमारी वि.क.ले ग्रामीण विकास बैंकबाट कर्जा लिएपश्चात प्राप्त गरेको सफलताको कथा प्रस्तुत गरेकी थिइन् । वि.सं. २०५२ सालमा यस बैंकबाट रु. ५,०००।– लघुकर्जा लिई साईकल मर्मत पसल सञ्चालन गरेकी रामकुमारीले क्रमशः कर्जा वृद्धि गरी हाल रु.२,००,०००।– कर्जा लिई मोटरसाईकल मर्मत पसल÷ग्यारेज सञ्चालन गर्नु भएको छ । आफ्ना पुराना दिनहरू स्मरण गर्दै उनले आफू पहिला सुकुम्बासी रहेकोमा हाल सोही व्यवसायमा भएको नाफाले १० धुर जग्गा खरिद गरी एउटा पक्की घर बनाउन तथा बालवच्चालाई उच्च शिक्षा हासिल गराउन सफल भएको बताइन. ।