December 28th, 2017

उन्नति माइक्रोफाइनान्सको आईपिओ पुस २१ गतेदेखि

बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ६५ लाख रुपैयाँ बराबरको सेयर छिटोमा पस २५ र ढिलोमा माघ ५ गतेसम्म निष्काशन खुला गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साधारण सेयरको आवेदन आश्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाबाट दिन सकिन्छ ।

अधिकृत पुँजी आठ करोड ८० लाख रहेको उन्नतिको चुक्ता पुँजी अहिले तीन करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी पाँच करोड ५० लाख रुपैयाँ पुग्नेछ ।  

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत दश जिल्लामा वित्तीय सेवा दिँदै आएको छ । संस्थाको संचालक समितिमा अनिता शाह अध्यक्ष, संचालहकरुमा खड्गबहादुर राना, लोकनाथ नेपाल, मनोज उपाध्याय र तुलसीराम खनाल छन्।