स्पर्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा काम गर्ने कर्मचारीहरुलाई २ दिने लघुवित्त सम्बन्धी आधारभुत तालिम सम्पन्न गरेको छ । उक्त तालिमको उद्घाटन यहि पौष ११ गते मंगलवार कार्यक्रमका सभापति तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गरेका थिए । फिल्डमा काम गर्दा आइपरेका समस्याहरु निराकरण गर्ने, लघुवित्तको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारी गराउने, फिल्डको गुणस्तर वृद्धि गर्ने, सदस्य तथा कर्जामा विस्तार गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
कार्यक्रमको पहिलो दिन विभागीय प्रमुखहरु ऋषभ सुवेदी, पवन बराल, हरिशरण गिरी र बिनोद पराजुलीले जनसम्पर्क विधि, समुह पुर्व तालिम विधि, केन्द्र बैठक संचालन गर्ने विधिको प्रयोगात्मक अभ्यासहरु तथा विभिन्न शिर्षकमा आफ्नो प्रस्तुति राखेका थिए । त्यस्तै गरी कायक्रमको दोश्रो दिन मेटलाइफ इन्सुरेन्स कम्पनीबाट रितेन्द्र कार्कीले लघुवित्तका ग्राहकहरुको लागि तयार गरेको जीवन वीमाको प्रडक्टको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमको औपचारीक समापन गर्र्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सजल खड्काले जीवनमा सफल हुनको लागि लक्ष्य निर्धारण गरी सोही बमोजिम आफुलाई परिमार्जन गर्ने, निरन्तर अभ्यास गर्ने,कहिल्यै हतास हुन नहुने, निरन्तर अध्यन गर्नुपर्ने, सजिलो काम छाड्दै चुनौतीयुक्त र जोखिमले भरिएको काम गर्न रुचाउने, सधै आफुलाई उर्जावान एवं उत्प्रेरीत बनाइराख्ने जस्ता प्रेरक भनाईहरु राखेका थिए ।
मंसिर ११ र १२ गते २ दिन कार्यसंचालन, जनशक्ति तथा तालिम विभागका प्रमुख पवन बरालले संचालन गरको उक्त तालिममा ३१ जना फिल्ड कर्मचारी, मेटलाइफ कम्पनीका प्रतिनिधि, केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।