Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सोसाईटी डेभलपमेन्ट बैँकले कमायो झण्डै १४ करोड मुनाफा

२०७३ बैशाख २६ गते

societyचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सोसाईटी डेभलपमेन्ट बैंकले १३ करोड ९६ लाख रुपैयाँ कमाएको खुद मुनाफा आर्जन गरेको छ । बैँकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १३३.८४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैँकले ५ करोड ९७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३२.०३ प्रतिशतले वृद्धि गरी ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ संकलन गरेको बैँकले कर्जामा ५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ११.०२ प्रतिशतले बढेर १९ करोड ९३ लाख  रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ०.४९ प्रतिशतले घटेर ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १ करोड ६६ लाख रुपैयाँ राखेको छ भने ९ करोड १८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । ८९ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ४ लाख १५ हजार रुपैयाँ जगेडाकोषमा राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २०.७४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४.६३  रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा ०.९७ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १३.५३ प्रतिशत रहेको छ ।