May 8th, 2016

एक्सेल डेभलपमेन्ट बैंकको मुनाफा ६ करोड

excel devचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक्सेल डेभलपमेन्ट बैँकले ६ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । २० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैँकले गत वर्ष तुलनामा खुद मुनाफा २५ प्रतिशतले बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैँकले ४ करोड ८५ लाख रुपैयाँ मुनाफा कमाएको थियो । 

बैंकले निक्षेपमा २९.२६ प्रतिशत वृद्धि गरी ३ अर्ब २६ करोड ९८ लाख रुपैयाँ संकलन गरेकमो छ भने कर्जामा गत वर्षकोे भन्दा ३५.३४ प्रतिशत बढी अर्थात् २ अर्ब ८४ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, बैँकको खुद व्याज आम्दानी १४.८७ प्रतिशतले बढेर १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९.२१ प्रतिशतले बढेर ८ करोड ३६ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २ करोड ७७ लाख रुपैयाँ राखेको छ भने ८१ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३१.४९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १७.७८ गुणा, प्रतिशेयर नेटवर्थ १४६.९१ रुपैयाँ र तरलता अनुपात २४.९८ प्रतिशत रहेको छ । निष्कृय कर्जा १.९८ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ११.०२ प्रतिशत रहेको छ ।