बैंकिङ खबर । सुनसरी जिल्लवाका छ स्थानीय तह बैंकविहीन रहेका छन् । दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको जिल्लाका छ स्थानीय तहमा बैंक पुगेका छन् ।
सबै नगरपालिकामा बैंक
सुनसरीका सबै नगरपालिकामा बैंक पुगेका छन् । इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, इनरूवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका र बराह नगरपालिकामा बैंकहरुले शाखा विस्तार गरिसकेका छन् ।
एउटा गाउँपालिकामा मात्रै बैंक
जिल्लाका सबै नगरपालिकामा बैंक पुगेको भएतापनि गाउपालिकाहरु अझै बैंकविहीन छन् । यहाँका कुल छ गाउँपालिकामध्ये, कुनैमा पनि बैंकको शाखा पुगेका छैनन् । जिल्लाको हरिनगरा गाउँपालिका, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र भोक्राहा गाउँपालिकामा हालसम्म कुनै पनि बैंकले शाखा विस्तार गरिसकेका छैनन् ।
सबै स्थानीय तहमा बैंक पुग्दै
हालसम्म बैंक नपुगेका सुनसरीका सबै स्थानीय तहमा छिटै नै बैंक शाखा खुल्ने भएका छन् । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने योजनाबमोजिम, देवानगञ्ज गाउँपालिकामा एनएमबि बैंकले आफ्नो शाखा संचालनमा ल्याउने निर्णय गरेको छ भने गढी गाउँपालिकामा सिद्धार्थ बैंक पुग्ने भएको छ । भोक्राहा गाउँपालिकामा जाने तयारीमा लक्ष्मी बैंक जुटेको छ । बर्जु गाउँपालिका र कोशी गाउँपालिकामा भने सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शाखा विस्तार गर्ने योजना बनाएको छ । हरिनगरा गाउँपालिकामा सानिमा बैंक पुग्ने भएको छ ।