केयर रेटिङस नेपालले कारोबार सुरु गरेको छ । कम्पनीको शुभारम्भ विहीबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले गरे ।
कम्पनीले साधारण सेयर (आइपिओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामुहिक लगानी कोष (म्युचुअल फन्ड), अग्राधिकार शेयर निष्काशन गर्ने कार्यका लागि समेत स्तर निर्धारण सेवा(रेटिङ्ग) उपलव्ध गराउने छ । साथमा, इन्स्योरेन्स कम्पनीहरु, सम्पत्ति व्यवस्थापन कम्पनीहरु एवं साना तथा मझ्यौला उद्यमहरुलाई समेत शेयर (आइपिओ) को स्तर निर्धारण सेवा दिने कम्पनीले जनाएको छ ।
भारतको केयर रेटिङसको संयुक्त लगानीमा रहेको कम्पनीले गत कात्तिक ३० गते धितोपत्र बोर्डबाट नेपालमा क्रेडिट रेटिङ व्यवसाय संचालन गर्ने अनुमति पाएको थियो ।