Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकिङ एक्स्पोले माग्यो भोलुन्टेयर कर्मचारी

२०७४ पुष ५ गते

बैंकिङ खबर । वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गतको बैंकिङ एक्स्पो कार्यक्रमले भोलुन्टेयर कर्मचारी माग गरेको छ । विभिन्न समयमा मुलुकका विभिन्न स्थानमा हुने एक्स्पोका लागि दुई दर्जन कर्मचारी माग गरिएको हो । 

यही पुस १४, १५ र १६ गते इटहरीमा बैंकिङ एक्स्पो हुँदैछ । यसबाहेक, काठमाडौँ र पोखरामा पनि छिटै नै बैंकिङ एक्स्पो हुनेछ । यसरी विभिन्न समयमा विभिन्न स्थानमा हुने बैंकिङ एक्स्पोमा सहजीकरण गर्नका लागि भोलुन्टेयर कर्मचारी माग गरिएको हो ।

मेनेजमेन्ट अध्ययन गरेका इच्छुक व्यक्तिले जागीरका लागि एप्लाई गर्न सक्नेछन् । यस्ता कर्मचारीलाई खाने र बस्ने व्यवस्थाका साथमा अन्य सुविधाहरु पनि प्रदान गरिने बताइएको छ । 

थप जानकारीका लागि ९८६१३१५११७ तथा ९८४१२५९७०७ मा सम्पर्क गर्न आह्वान गरिएको छ ।