December 19th, 2017

लक्ष्मी लघुवित्तद्धारा मृतक ग्राहकको परिवारलाई सहयोग 

माई जोगमाई गाउपालि अन्तर्गत नयाँबजारमा रहेको लक्ष्मी लघुवित्तले बीमा रकम  तथा शारिरिक अशक्त कमजोरी भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लघुवित्तले स्थानीय मृतक दिलमाया तामाङ्गको छोरा आयुष तामाङ्गलाई बीमा रकम स्वरुप रु. १ लाख ६५ हजार, मृतक सदस्य गिता कुमारी श्रेष्ठको छोरा लिला श्रेष्ठलाई बीमा रकम स्वरुप रु. १ लाख ६५ हजार र स्थानीय मृतक टिका गुरुङ्गको श्रीमान खडक बहादुर गुरुङ्गलाई बीमा रकम स्वरुप रु. १ लाख ३२ हजार प्रदान गरेको हो । 

बीमा रकम संस्थाका प्रमुख सतीश कुमार चौधरीले एक कार्यक्रमका बीच मङगलवार हस्तान्तरण गरे । संस्थामा महिला समूहका सदस्यहरुको कृषि उद्यम गर्नको लागि लिएको कर्जा अवधिमै उनीहरुको निधन भएकोले उक्त बीमा रकम प्रदान गरिएको प्रमुख चौधरीले बताए । ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उतm रकमको बीमा समेत गरीने हुदा संस्था र ऋणी कुनै पनि दुुर्घटनामा आर्थिक रुपमा सुरक्षित हुने प्रमुख चौधरीले बताए ।

वि. सं २०७० फाल्गुन ०२ गते नयाँबजारमा स्थापना भएको लक्ष्मी लघुवित्तले स्थानीय स्तरमा सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले विपन्न परिवार तथा पिछडिएको वर्गलाई समेटी समुह गठन गरी लघुवित्त कार्यक्रम माफर्त जनताहरुको अर्थिक रुपमा जिवनस्तर सुधार गर्दै आईरहेको छ ।