December 19th, 2017

त्रिलोक लघुवित्तमा रोजगारी खुल्यो, ७ दिनभित्र आवेदन माग

बैंकिङ खबर । नवलपरासीको सुनवलमा केन्द्रीय कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । नवलपरासी, कपिलवस्तु, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लालाई कार्यक्षेत्र बनाएर संचालनमा आएको लघुवित्तले प्रधान कार्यालय र निकट भविष्यमा संचालनमा आउने शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । 

लघुवित्तले केही संख्यामा विभागीय प्रमुख, शाखा प्रमुख र कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ । जसमध्ये, विभागीय र शाखा प्रमुखका लागि अनुभव मागिएको छ । उमेरको हद पनि तोकिएको छ ।

इच्छुक तथा योग्य व्यक्तिलाई आजको सात दिनभित्र अर्थात पुस ११ गतेसम्म आवेदन दिइसक्न आह्वान गरिएको छ ।