निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई सीप विकास तालिम अन्तर्गत तीन दिने बाख्रापालन तालिम प्रदान गरेको छ र मंसिर २७ गतेदेखि २९ गतेसम्म पाल्पा जिल्लाको तानसेनमा संचालन गरिएको तालिममा जिल्लाका जब्गादी, आर्यभन्ज्याङ, बांसटारी र छहरा शाखाका २० जना ग्राहक सदस्यहरु लाभान्वित भए । ग्राहक सदस्यहरुलाई ब्यवसायिक रुपमा ब्यवसाय गराउने हेतूले बैंकले यस्ता विभिन्न सीप विकास तालिम संचालन गर्दै आई रहेको छ ।